Post Date : 2022-08-30

यस कार्यालयवाट नश्ल सुधारका लागि विक्रि वितरण गरिने व्याडे वोका प्राप्त गर्नको लागि आफ्नो सम्वन्धित वडा वा पालिका वा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मध्ये कुनै एक कार्यालयको सिफारीस, फार्म दर्ता र नविकरणको कागजातहरु तथा कर चुक्ता प्रमाणपत्र (भरखरै दर्ता भएको भए कर चुक्ता चाहिंदैन) सहितको निवेदन तयार गरी निवेदनमा आफ्नो सम्पर्क नम्बर समेत राखेर उक्त कागजातहरुलाइ स्वंय उपस्थित भइ  वा  इमेल मार्फत् यस कार्यालयमा पेश गरी दर्ता गर्ने र रोलक्रममा पठाउनुपर्ने हुन्छ। यस कार्यालयमा सोही प्रक्रियावाट नेपालभरीवाट प्राप्त हुने निवेदनहरुको संख्या कार्यालयले वार्षिक रुपमा आपूर्ति गर्न सक्ने क्षमताभन्दा अत्यन्तै उच्च रहेकोले हालको अवस्था हेर्दा वोका प्राप्त गर्न पालो पर्खनु पर्ने अवस्था देखिन्छ। कागजात पठाउनको लागि यस कार्यालयको इमेल ठेगाना nlbc.pokhara@gmail.com रहेको छ। हाल एउटा शतप्रतिशत शुद्द वोयर वोकाको विक्रिदर प्रति केजी जिवित तौल बराबर रु.१५००।०० रहेको छ भने हाललाइ प्रजनन योग्य पाठीको लागि माग संकलन खुल्ला गरिएको छैन। इमेल मार्फत् निवेदन दिनुभएको हो भने आवश्यक सम्पुर्ण कागजात पुरा भएको एकिन गरी स्क्यान गरी पठाउनुपर्ने हुन्छ र शाखा प्रमुख वा शाखाको सुपरभाइजर मार्फत् आफ्नो निवेदन दर्ता भए नभएको एकिन गरी दर्ता नम्बर र मिति समेत टिपेर राखेको खण्डमा पछि त्यसैको आधारमा आफ्नो निवेदनको फलोअप पनि गर्न सहज हुन्छ। यस सम्वन्धि कुनै गुनासो भएमा हाम्रो वेवसाइट nlbo.gov.np मा रहेको शाखा प्रमुख वा सूचना अधिकारी वा आवश्यक भएमा कार्यालय प्रमुखको नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ। अन्य थप जानकारीको लागि बाख्रापालन शाखा प्रमुखको नम्बरमा सम्पर्क गर्नुहोला।

यो लिङ्कमा नमूना  आवश्यक कागजात र निवेदनको नमूना दिइएको छ।

http://nlbo.gov.np/ne/noticedetail/81/2022/81795923

Post Date : 2022-08-31

यस कार्यालयवाट नश्ल सुधारका लागि विक्रि वितरण गरिने वंगुरका व्याडे पाठापाठी प्राप्त गर्नको लागि आफ्नो नाम, फार्मको नाम तथा ठेगाना र सम्पर्क नम्बर समेत राखि हाम्रो वेवसाइट nlbo.gov.np मा रहेको सम्वन्धित शाखा प्रमुखको मोवाइलमा SMS पठाइ वा फोन सम्पर्क गरी रोलक्रममा पठाउनुपर्ने हुन्छ। यस कार्यालयमा सोही प्रक्रियावाट नेपालभरीवाट प्राप्त हुने माग संख्या कार्यालयले वार्षिक रुपमा आपूर्ति गर्न सक्ने क्षमता भन्दा उच्च रहेकोले हालको अवस्था हेर्दा शुद्द जातका वंगुरका पाठापाठी प्राप्त गर्न झण्डै १ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था देखिन्छ भने क्रस जातको पाठापाठीको लागि अवस्था हेरी करीब ६ महिनादेखि १ वर्षसम्ममा प्राप्त गर्न सकिने अवस्था रहेको छ।  पाठापाठीको विक्रिदर उमेर, जन्मको प्रकार (कृत्रिम गर्भाधानवाट जन्मेको र प्राकृतिक गर्भाधान वाट जन्मेकोमा मुल्य फरक पर्ने) र जात हेरी प्रतिगोटा रु. ४५००।०० देखि ६०००।०० सम्म रहेको छ। यस सम्वन्धि कुनै गुनासो भएमा हाम्रो वेवसाइट nlbo.gov.np मा रहेको शाखा प्रमूख वा सूचना अधिकारी वा आवश्यक भएमा कार्यालय प्रमुखको नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ। अन्य थप जानकारीको लागि वंगुरपालन शाखाको शाखा प्रमुखको नम्बरमा सम्पर्क गर्नुहोला।

Post Date : 2022-08-31

यस कार्यालयवाट नश्ल सुधारका लागि विक्रि वितरण गरिने शुद्द मुर्रा जातको राँगो प्राप्त गर्नको लागि आफ्नो सम्वन्धित वडा वा पालिका वा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मध्ये कुनै एक कार्यालयको सिफारीस तथा फार्म दर्ता र नवीकरणको कागजातहरु सहितको निवेदन तयार गरी निवेदनमा आफ्नो सम्पर्क नम्बर समेत राखेर उक्त कागजातहरुलाइ स्वंय उपस्थित भै वा इमेलमार्फत् यस कार्यालयमा पेश गरी दर्ता गर्ने र रोलक्रममा पठाउनुपर्ने हुन्छ। यस कार्यालयमा सोही प्रक्रियावाट नेपालभरीवाट प्राप्त हुने निवेदनहरुको संख्या कार्यालयले वार्षिक रुपमा आपूर्ति गर्न सक्ने क्षमता भन्दा केही वढी रहेकोले तत्कालिन अवस्थामा राँगा तयार नभएको अवस्था भएमा राँगा प्राप्त गर्न केही समय पालो पर्खनुपर्ने हुन सक्छ। हाल एउटा शतप्रतिशत शुद्द राँगाको विक्रिदर प्रचलित नर्म्स अनुसार प्रतिकेजी जिवित तौलले बजारको राँगाभैंसीको तयारी मासुको मुल्यलाइ गुणा गरी राँगाको अवस्था अनुसार निश्चित फ्याक्टरले भाग गरी तोकिएको फर्मुला अनुसार हिसाब गरिन्छ। यस सम्वन्धि कुनै गुनासो भएमा हाम्रो वेवसाइट nlbo.gov.np मा रहेको शाखा प्रमूख वा सूचना अधिकारी वा आवश्यक भएमा कार्यालय प्रमुखको नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ। अन्य थप जानकारीको लागि गाइभैंसीपालन शाखा प्रमुखको नम्बरमा सम्पर्क गर्नुहोला।

 

Post Date : 2022-08-31

यस कार्यालयवाट नश्ल सुधारका लागि विक्रि वितरण गरिने न्यु हेम्पशायर तथा ब्ल्याक अष्ट्रालोप जातका ग्रामीण कुखुराका एकदिने तथा विभिन्न उमेरका हुर्केका चल्लाहरुको लागि आफ्नो नाम, फार्म भए फार्मको नाम तथा ठेगाना र सम्पर्क नम्बर सहित हाम्रो वेवसाइट www.nlbo.gov.np मा रहेको सम्वन्धित शाखाप्रमुख वा शाखामा कार्यरत प्राविधिकको मोवाइलमा फोन सम्पर्क गरी रोलक्रममा पठाउनुपर्ने हुन्छ। यस कार्यालयमा सोही प्रक्रियावाट नेपालभरीवाट प्राप्त हुने माग संख्या कार्यालयले वार्षिक रुपमा आप”र्ति गर्न सक्ने संख्याकै हाराहारीमा रहेकोले माग गरेको केहि समयमा नै चल्ला प्राप्त गर्न सकिने अवस्था रहेको छ। चल्लाको विक्रिदर उमेर हेरी प्रतिगोटा रु. ४० देखी रु. २५० सम्म रहेको छ। यस सम्वन्धि कुनै गुनासो भएमा हाम्रो वेवसाइट www.nlbo.gov.np मा रहेको शाखा प्रमुख वा सूचना अधिकारी वा आवश्यक भएमा कार्यालय प्रमुखको नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ। अन्य थप जानकारीको लागि कुखुरापालन शाखाको शाखा प्रमुखको नम्बरमा सम्पर्क गर्नुहोला।

 

Post Date : 2022-08-31

कृपया नमूना अनुसार भौचर (सेतो, दुइ प्रति)  भरेर तरल नाइट्रोजन खरिद गर्नुहुन अनुरोध छ ।

तरल नाइट्रोजनको बैक भौचर भर्ने नमूना तलको लिङ्कमा दिइएको छ।

http://nlbo.gov.np/ne/noticedetail/25/2020/72784929