दरभाउपत्र आव्हानको सूचना २०७७।७।१४ (पराल)

प्रकाशित मिति: २०२०-१०-३०

Invitation for Sealed Quotation

नेपाल सरकार

कुषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशु प्रजनन कार्यालय,

पोखरा कास्की

धानको सुख्खा पराल उपलब्ध गराउने सम्वन्धि शीलबन्दी दरभाउपत्रको सूचना ।

प्रथम पटक प्रकाशित मिति (२०७७÷०७÷१४ गते)

यस कार्यालयको आ.ब. २०७७÷७८ मा पशु आहाराको लागी ८२ मेट्रिक टन (८२,००० के.जी.) सुख्खा पराल (नमाडेको मुठा) आवस्यक पर्ने भएकोले जिल्ला समन्वय समिति कास्कीको चालु आ.ब. को स्वीकृत दररेटमा नबड्ने गरी दुबै पक्षहरु बीच गरिने शर्तहरुबमोजिम आपूर्ति गर्न आधिकारिक रुपमा ईजाजत प्राप्त ईच्छुक फर्म, कम्पनि वा संस्थाहरुबाट देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

 

  1. यो सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति २०७७÷०७÷२८ गते)  भित्र कार्यालय समय अवधिमा कम्पनी वा फर्म नविकरण भएको इजाजत प्रमाणपत्र, आयकर दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा आ.व. २०७५÷०७६ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र मूल्य अभिबृदि कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी यस राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नं. १०००२०००१००००, कार्यालयको कोड ३१२०२३९०२ र राजश्व कोड नं. १४२२९ बाट रु. १०००। राजश्व तिरेको (फिर्ता नहुने) सक्कल भौचर कार्यालयमा पेश गरी शर्त सहितको दरभाउपत्र फारम खरिद गर्न सकिने छ ।
  2. खरिद गरिएको दरभाउपत्र फारम मिति २०७७÷०८÷०२ गते दिनको दिउसो १२।०० बजेसम्म यस कार्यालयमा दर्ता गर्राई सक्नु पर्ने छ । दर्ता भएका दरभाउपत्रहरु सोहि दिन दिनको २।०० बजे दरभाउपत्रदाता वा निजहरुको प्रतिनिधिको रोहवरमा खोलिनेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि दरभाउपत्र खोल्ने कार्य रोकिने छैन। दरभाउपत्र खरिद तथा दाखिला दिन सार्वजनिक विदा परेमा सो काम क्रमशः सोको भोलिपल्ट कार्यालय खुलेको दिनमा गरिनेछ ।
  3. दरभाउपत्र साथ तपसिलमा उल्लेख भए बमोजिमको धरौटी रकम को. ले. नि. का. कास्कीको धरौटी खाता नं. ३०२००१०२०३०००० मा नगद जम्मा गरेको भौंचर वा मान्यता प्राप्त बाणिज्य बैंकले जारी गरेको दरभाउपत्र दाखिला गर्ने अन्तिम दिनबाट कम्तिमा ७५ दिन अबधि रहेको बिडबण्ड संलग्न हुनु पर्नेछ ।
  4. उपलब्ध गराउने पराल तोकिएको मापदण्ड अनुसारको हुनु पर्ने छ साथै कृषि जन्य बस्तुको मूल्यमा मूल्य अभिबृदि कर समाबेश गरिने छैन। अन्य कुनै आवश्यक कुरा बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ ।
  5. सिलबन्दी दरभाउपत्र फाराम भर्दा दररेट अंक र अक्षरमा स्पष्ट रुपमा लेख्नुपर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईने छ । दरभाउपत्रदाताको नाम, फर्मको नाम, दस्तखत, मिति तथा छाप स्पष्ट हुनु पर्ने छ । रीत नपुगी आएका, म्याद नाघी आएको र कुनै शर्त राखिएको दरभाउपत्र स्वीकार गरिने छैन
  6. दरभाउपत्रको मान्य अवधि ४५ दिनको हुनेछ ।नेपाल सरकारको हितलाई ध्यानमा राखी दरभाउपत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिकरुपमा स्वीकार गर्ने सम्पूर्ण अधिकार यस कार्यालयलाई हुनेछ ।
  7. यस बाहेक अन्य कुराको हकमा प्रचलित ऐन नियम अनुसार हुने छ ।

ठेक्का नं.                

बिवरण

इकाई

परिमाण

धरौटी रकम रू

लागत अनुमान रकम रू

कैफियत

NLBO/G/NCB/SQ/ 077/78/21

धानको सुख्खा पराल आपूर्ति (ढुवानी समेत)

के.जी.

८२०००

३३,०००।००

१३,१२,०००।००

दरभाउपत्र

 

डाउनलोड