दूध परीक्षण रिपोर्ट

प्रकाशित मिति: २०२१-०५-३०

बिज्ञप्ती

यस राष्ट्रिय पशु प्रजनन कार्यालय (साविकको पशु विकास फार्म) पोखरा, कास्की अन्तरगतको पोखरा मोडल डेरीमा रहेको दुग्ध प्रशोधन, प्याकेजिङ गर्ने मेसिन उपकरणहरु तथा शित भण्डार (Cold room) मा समस्या उत्पन्न भई अथक प्रयासको बावजुद पनि भयाबहरुप लिई फैलिई रहेको कोभिड - १९ बाट श्रृजित असहज परिस्थीतिको कारण तत्काल मर्मत सम्भारको लागी आवश्यक स्पेयर पार्टस् तथा विज्ञ जनशक्ती उपलब्ध हुन नसक्दा गाई भैसीबाट दुहेको पूर्ण दूध (Whole milk) लाई जस्ताको तस्तै  पोलिथिनका थैलीहरुमा म्यानुअल प्याकिङ्ग (Manual Packing) गरी फ्रिजमा चिस्याई, सकेसम्म छिटो उमालेर उपभोगमा ल्याउने सुझाब सहित विक्रि वितरण गरिएकोमा २०७८।२।११ गते केहि उपभोक्ताहरुको दूध फाटेको गुनासो आयो । बिषम परिस्थितिमा बैकल्पिक बिधिबाट सेवा उपलब्ध गराउन प्रयासरत रहदा रहदै पनि ग्राहकवर्गमा पर्न गएको यस असजिलो प्रति कार्यालय परिवार दुखित छ । क्षमा याचना गर्दछ । यसै विषयलाई लिएर केहि संचार माध्यामहरु तथा सामाजिक संजालमा अनावश्यक सङ्का उपसङ्का गरी प्रचार प्रसार भैरहेको पनि पाईयो । यस घटना प्रति कार्यालय परिवार अत्यन्त दुखित छ । संचार माध्यम तथा सामाजिक संजालमा टिका टिप्पणी गरिए जस्तो उक्त दुधमा केहि पनि थप नगरिएको तथा सो दूधबाट केहि पनि नझिकीएको र दूध फाट्ने क्रममा यसका अवयवहरु खासगरी दुग्ध प्रोटिन टुक्रिन गै दूधबाट बन्ने एक दुग्ध पदार्थ मोजोरेल्ला चिज जस्तो बनोट बन्न गएको हुन सक्ने व्यहोरा अवगत गराउदै दुग्ध प्रशोधन, प्याकेजिङ गर्ने मेसिन उपकरणहरु तथा शित भण्डार (Cold room) को उपयुक्त मर्मत सम्भार पश्चात् पूर्ववत रुपमा उपस्थित हुने व्यहोरा समेत सबन्धित सबैमा यसै विज्ञप्ती मार्फत अनुरोध छ ।

यसै विज्ञप्ती पश्चात् खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट लिइएको दूधको नमूनाको परीक्षण रीपोर्ट निम्नानुसार छ।

डाउनलोड