मौजुदा सूची (स्टान्डिङ्ग लिष्ट) तयार गर्ने सम्बन्धी सूचना

Published On: 2021-07-24

मौजुदा सूची (स्टान्डिङ्ग लिष्ट) तयार गर्ने सम्बन्धी सूचना

(मिति २०७८।०४।१०)

यस कार्यालयबाट आ.व. २०७८।७९ मा आवश्यक पर्ने तपसिलका कार्य तथा सेवाहरु पटक पटक वा एकै पटक गर्नको लागि सम्बन्धित निकायमा दर्ता भएका र यस कार्यालयमा मौजुदा सूचीमा दर्ता हुन वा अद्यावधिक हुन चाहने व्यक्ति, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैर सरकारी संस्था वा सेवा प्रदायकहरुले कुन कार्यको लागि मौजुदा सूचीमा दर्ता हुन चाहेको हो स्पष्ट उल्लेख गरी सार्वजनिक खरिद ऐन ६३ को दफा ६(क) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को व्यवस्था बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

तपसिल

१. स्टेशनरी तथा मसलन्दका सामानहरु आपूर्ति कार्य।

२. छपाई सम्वन्धि सेवा, प्रकाशन, प्रशारण सम्बन्धि कार्यहरु।

३. मेशिनरी र सवारी साधनको लागि आवश्यक पार्टस आपूर्ति तथा मर्मत कार्य।

४. फर्निचर, फर्निसिङ्ग तथा कार्पेटिङ सम्वन्धि सामान आपूर्ति तथा मर्मत कार्य।

५. इन्धन र इन्धनजन्य सामग्रीहरुको आपूर्ति गर्र्ने कार्य।

६. भवन मर्मत, रंगरोगन, चिम, वाइरिङ्ग तथा सानातिना पूजिगत सुधार सम्बन्धि कार्य।

७. सफ्टवेएर, इन्टरनेट तथा वेव साइट निर्माण, अपडेट, अपग्रेड सम्वन्धि सेवा। 

८. कम्प्युटर, प्रिन्टर, व्याट्री, टोनर, यू.पि.यस, फोटोकपि, फयाक्स, सिसि टिभी, टेलिफोन सेट खरिद तथा मर्मत कार्य।

९. पशु उपचार सम्बन्धि औषधीहरू तथा सर्जिकल्स सामाग्रीहरू आपूर्ति कार्य।

१०. प्रगोगशालामा प्रयोग हुने विभिन्न रिएजेण्ट तथा केमिकलहरू आपूर्ति कार्य

११. सेक्युरिटी गार्ड तथा तरल नाइट्रोजन प्लाण्ट अपरेसन करार सेवा।

१२. अन्य विविध सामाग्रीहरू (ट्रान्सफर डिभाइस, इलेक्ट्रोनिक ट्याग, डिस्ट्रिलेसन प्लाण्ट, सिलिङ फिलिङ प्रिन्टिङ मेशिन आदि) आपूर्ति तथा मर्मत कार्य            

द्रष्टव्यः उपर्युक्त अनुसारको सामान आपुर्ती तथा सेवा प्रदायक संस्थाहरुले दर्ता गरेको सूचीको म्याद आ.व. २०७८।७९ का लागि मात्र मान्य हुनेछ ।

Download