Forage-Calendar-NLBO-Pokhara

प्रकाशित मिति: २०२३-०७-३१

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले आफ्नो वार्षिक फरेज क्यालेन्डर तयार गरेको छ । अन्य वालीनालीको पात्रो यहाँहरुले देख्दै आएको भएपनि यो घाँसेपात्रो संभवत धेरै कृषक तथा केहि प्राविधिकहरुको लागि समेत नौलो हुनसक्छ । फरेज क्यालेन्डरमा आँफुसँग घाँसखेतीको लागि कस्तो प्रकृतिको कति जमिन छ, त्यसमा कुनकुन घाँस लगाउने, त्यसको लागि के कति मलवीउ आवश्यक हुन्छ, घाँस कुनकुन महिनामा लगाइन्छ अनि उत्पादन भएको घाँस कुनकुन महिनामा कति कति परीमाणमा उपलब्ध हुन्छ (घाँसको कटाइ संख्या अनुसारको उत्पादन समेत) भन्ने कुरा आधारभुत रुपमा हिसाव गरि तयार गरिन्छ । यस घाँसेपात्रो अनुसार हाम्रो वार्षिक घाँस उत्पादन करीब ६३ लाख केजी हुने देखिएको छ । यसरी घाँसेपात्रो वनाइ घाँसखेती गर्नुपुर्व आफुसँग के कति पशु हुन्छन् र वर्षभरीमा आफ्नो पशुको लागि कति घाँस आवश्यक हुन्छ भनेर इष्टिमेट गरी वनाउन सकेमा वर्षैभरी घाँस व्यवस्थापन उत्तम र सहज हुन्छ । घाँसेपात्रो ठुलो भएकोले फोटो धमीलो देखीएको छ तथापि यसको PDF फाइल हाम्रो वेवसाइटमा nlbo.gov.np मा उपलब्ध छ ।

डाउनलोड