बंशावलीमा आधारित गाईभैसी नश्ल सुधार कार्यक्रम अन्तर्गत दर्ता भएका इलाइट हर्डहरू (PPRS Herds)

प्रकाशित मिति: २०२३-०८-०८

तपसिलका विवरणहरू दीगो र स्थायी नश्ल सुधारको लागी बंशावलीमा आधारित गाईभैसी नश्ल सुधार कार्यक्रम अन्तर्गत दर्ता भएका इलाइट हर्डहरू (PPRS Herds) का हुन्। यि हर्डहरूमा रेकडिङमा आधारित भएर प्रत्येक पशुहरूको मासिक उत्पादन र अन्य विवरणहरू अद्यावधिक गरिन्छ। तिनै संकलित र व्यवस्थित गरिएका विभिन्न तथ्याङकहरूलाई सफ्टवयरको मद्दतले जातीय गुण र अनुबांशिकीय क्षमता (प्रजनन् मान) निकालिन्छ। प्रजनन् मानका आधारमा टप आमाहरू (बुल मदरहरू) को छनोट गरी ति बुल मदरहरूलाइ विदेशबाट आयातीत उच्च प्रजनन मान भएको वीर्य मार्फत् प्रजनन गराई जन्मेका छोराहरू जमेको वीर्य उत्पादन प्रयोजनका लागी व्रिडिङ स्टेशनहरूमा प्रयोग हुन्छन् भने छोरीहरूलाइ मल्टप्लाएर हर्डहरूमा विस्तारित गरिन्छ। यी हर्डहरू बाच्छी तथा बाच्छाहरूको श्रोत केन्द्रहरू पनि हुन्। यदि कसैलाई उच्च प्रजनन मान भएका बाच्छा र बाच्छीहरू आवस्यक भएमा दिइएको नम्वरहरूमा सम्पर्क गर्नुहुन जानकारीको लागी अनुरोध गरिन्छ ।

डाउनलोड