क्याटलग सपिङ विधिबाट ट्याक्टर खरिद सम्वन्धी सूचना

Published On: 2023-04-26

क्याटलग सपिङ विधिबाट ट्याक्टर खरिद सम्वन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति २०८०।०१।१३

यस कार्यालयको स्वीकृत कार्यक्रम अनुसार पशु आहारा व्यवस्थापनको लागी २ थान ट्रयाक्टर (१ थान कम्तिमा ६० एच.पी. र १ थान कम्तिमा ७५ एच.पी. क्षमताका) सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा १ (क८) तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधनसहित) को नियम ३१ख बमोजिम क्याटलग सपिङ विधिबाट खरिद कार्य गर्नु पर्ने भएकाले इजाजत प्राप्त उत्पादक वा अधिकृत विक्रेताले यो सूचना प्रकाशन गरेको मितिले बाह्र (१२) दिन भित्र नविकरण भएको इजाजतपत्र, आयकर र मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्रहरू र आ.व. २०७८।७९ को कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि समेत राखी उत्पादकको आधिकारिक स्पेशिफिकेसन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) राखी सिलबन्दी प्रस्ताव यस कार्यालयमा दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगी वा म्याद नाघी आएका प्रस्ताव उपर कुनै पनि कारवाही हुने छैन। प्राप्त प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने व्यहोरा समेत जानकारी गराइन्छ।थप जानकारीको लागी कार्यालयको website: www.nlbo.gov.np हेर्न हुन वा कार्यालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ।

कार्यालय प्रमुख